मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

राजनीतिक दल

शिक्षा

स्नातक तह

सिराहा नगरपालिका

खुम्बु पासाङल्हामु गाउँपालिका

छात्रावृत्ति

इस्मा गाउँपालिका

विद्युत् क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड

Mayorsap

मंगल, पौष ९, २०८१ | १४:५७ बजे

काठमाडौँ । सांसदहरुले विद्युत् क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा  दिएका छन्  । सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिले आज आयोजना गरेको विद्युत् विधेयक २०८० माथि संशोधनकर्तासँगको दफावार छलफलका क्रममा उनीहरुले विद्युत् विकासमा निजी क्षेत्रको संलग्नता बढ्ने गरी विधेयक तर्जुमा गर्न सुझाव दिनुभएको हो ।

 

संशोधनकर्ता सांसद गगन थापाले विद्युत् क्षेत्रको विकासका लागि निजी क्षेत्रको संलग्नतालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । “विद्युत् विकासमा निजी क्षेत्रलाई थप स्थान दिन आवश्यक छ,” उनले भने, “५१ प्रतिशत वा सो भन्दा बढी नेपाल सरकारको लगानी भएको विद्युत् आयोजनामा प्रतिस्पर्धा गर्न नपर्ने भनिएको छ, यसमा प्रतिस्पर्धा किन नगर्ने ? प्रतिस्पर्धा गरेर हेर्नुपर्छ ।” उनले स्थानीय तहलाई पाँच मेगावाटसम्म दिने व्यवस्था भन्दा तीन मेगावटसम्म क्षमताको विद्युत् स्थानीय तहलाई दिन उपयुक्त हुने प्रस्ताव राखे ।

 

यसैगरी सांसद जनार्जन शर्माले क्षमता अनुसार विद्युत् उत्पादकलाई अनुमतिपत्र दिनुपर्ने बताए । “अहिले कतिपय आयोजनाले लाइसेन्स लिएर बसेका छन् तर काम अगाडि बढाएका छैनन्, काम गर्छु भन्ने उत्पादकले लाइसन्स पाउन सकेका छैनन्, तसर्थ उत्पादकको क्षमता अनुसार लाइसेन्स दिनुपर्छ,” उनले भने, “सरकारले पहिचान गरेको आयोजनामा प्रतिस्पर्धा गराउनुपर्छ, राष्ट्रिय निकुञ्जले विद्युत् आयोजना सञ्चालनमा बाधा सिर्जना गरेको छ । यसलाई सहज बनाउँदै अगाडि बढाउन आवश्यक छ ।”

 

अर्का संशोधनकर्ता बिना लामाले ऊर्जा सुरक्षा सुनिश्चित हुनुपर्नेमा जोड दिए । “बस्ती विकासको ठोस् योजनासहित गुरुयोजना बनाएर सो अनुरुप कार्यान्वयन गर्नुपर्छ” उनले भने, “निजी क्षेत्रलाई विद्युत्मा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ, तर निजी क्षेत्रले लगानी गरेको ठाउँमा सरकारले लगानी गर्नुहुँदैन । नभए भ्रष्टाचार बढ्छ ।”

 

संशोधनकर्ता लक्ष्मी तिवारी र अर्का संशोधनकर्ता कल्पना चौधरीले पनि छलफलमा उठेका विषयवस्तु समावेश गरेर विधेयक संशोधन गर्न आवश्यक रहेको बताए । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology