सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ


पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गण्डकी प्रदेशकी पूर्वसांसद मिना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । एमाले नेता गुरुङलाई आज कास्कीको पोखरास्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो ।
फरार प्रतिवादी मिना गुरुङसहित आरती गुरुङलाई पनि पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए। पोखरा १२ रानीपौवा निवासी गुरुङ सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष हुन् । उनी स्थापनाकालदेखि नै सो सहकारीमा आबद्ध थिइन् ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीसहित ६३ लाई प्रतिवादी बनाएर आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो ।