मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

हिमाली गाउँपालिका

गुल्मीदरबार गाउँपालिका

स्काइ–वाक टावर

साँगुरीगढी गाउँपालिका

कीर्तिपुर नगरपालिका

हाइटीमा गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु

Mayorsap

बुध, पौष १०, २०८१ | १०:३८ बजे

काठमाडौं । क्यारेबियन देश हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु भएको छ ।


देशकै ठूलो सरकारी अस्पताल फेरि खोल्न लागिएको विषयमा आयोजित पत्रकार सम्मेलनमा गोली चलेको थियो । गोली लागेर दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ ।


उक्त अस्पताल हिंस्रक समूहले कब्जामा लिएको थियो । सो अस्पताल फेरि सरकारले खोल्न लागेको भनेर पोर्ट ओ प्रिन्सको डाउनटाउन क्षेत्रमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री उपस्थित हुने भनिएको थियो ।


पत्रकार सम्मेलन स्थानीय समय अनुसार बिहान ८ बजे हुने भनिएको थियो । तर ११ बजेसम्म पनि स्वास्थ्यमन्त्री नआएकाले पत्रकारहरु उनको प्रतिक्षामा थिए । त्यही वेला एक्कासी एक व्यक्तिले गोली चलाएका थिए ।


यो आक्रमणको जिम्मा विव अन्सनम समूहले लिएको छ । गोली चलेको भिडियो सामाजिक सन्जालमा भाइरल छ । भिडियोमा पर्खाल नाघेर भाग्न खोजेकाहरुलाई गोली लागेको देखिन्छ ।


यो आक्रमण स्टेट युनिभर्सिटी अफ हाइटी अस्पतालमा भएको हो । यो अस्पताललाई स्थानीय रुपमा जनरल हस्पिटल भनेर चिनिन्छ । यो हाइटीको सबैभन्दा ठूलो सार्वजनिक अस्पताल हो । हिंस्रक गिरोहको दबदबा बढेपछि गत मार्च महिनादेखि यो अस्पताल बन्द छ । त्यति वेला प्रधानमन्त्री एरियल हेनरी सत्ताच्युत हुनुपरेको थियो ।


हाइटी द्वन्द्वको चपेटामा छ । एक महिना अगाडि पनि राजधानी पोर्ट ओ प्रिन्समा हिंसा भड्किँदा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपरेको थियो । त्यसको केही समयपछि नै एलिक्स डिडिएर फिल्स एमेले नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology