मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

दशरथचन्द नगरपालिका

व्यास नगरपालिका

विनयी त्रिवेणी गाउँपालिका

कालीगण्डकी गाउँपालिका

मेयरसाप

अटो दुर्घटना हुँदा एकको मृत्यु , २ जना घाइते

Mayorsap

बुध, पौष १०, २०८१ | १८:१८ बजे

दाङ । दाङमा अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । आज दिउँसो १ः५० बजेको समयमा गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलाबास सडकखण्डमा भैसहवादेखि कोइलाबासतर्फ जाँदै गरेको रा १ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा राजपुर गाउँपालिका–३ भैसहवा निवासी वर्ष ५० का तुलाराम विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो ३ः३० बजे उपचारका क्रममा उनको मृत्यु भएको हो । उक्त दुर्घटनामा घाइते हुनुभएका सोही ठाउँका अन्दाजी ४० वर्षीया वसन्ती विकको लमही अस्पतालमा र राजपुर–४ का अन्दाजी वर्ष ३६ का प्रेमचन्द्र यादवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

अटो चालक राजपुर गाउँपालिका–तीन भैसहवा निवासी वर्ष ४० का मदन विक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology