Ad Image

भिम रावलमाथि एमालेको कारबाही, संगठित सदस्यता खोसियो

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735133226.jpg

काठमाडौँ । नेकपा एमालेले नेता भीम रावलको संगठित सदस्यता खोसेको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले रावलको संगठित सदस्यता खोसेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए ।


दसौँ राष्ट्रिय महाधिवेशनमा रावल अध्यक्षको उम्मेदवार बनेका थिए । रावलले पछिल्लो समय पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको एमालेको भनाइ छ ।


‘अभिव्यक्तिहरू पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएकाले संगठित सदस्यताबाट मुक्त गर्ने निर्णय गरेको हो’, ज्ञवालीको भनाइ छ ।