मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

स्थानीय तह

कृषि अनुदान

क्व्होलासोथार गाउँपालिका

मिक्वाखोला गाउँपालिका

विश्व सम्पदा

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने

Mayorsap

बुध, पौष १०, २०८१ | २१:११ बजे

तस्बिर फाइल

भक्तपुर । मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको छ । मध्यपुरथिमि नगरपालिकाले आज भक्तपुरको मुनि बिहारबाट ल्याएको अस्थिधातु थिमिको शङ्खधर चोकबाट बाजागाजाका साथ र्‍याली गर्दै नगरपरिक्रमा गरेर पाटी बिहार लगेर स्थापना गरेको हो ।

मुनि बिहारका भन्तेहरूले नगर प्रमुख सुरेन्द्र श्रेष्ठलाई अस्थिधातु हस्तान्तरण गरेसँगै र्‍याली गरि ल्याएर स्थापना गरिएको मध्यपुर महोत्सवभरि सर्वसाधारणका लागि प्रदर्शनमा राखिने भएको छ । नगर प्रमुख श्रेष्ठले यही पुस १२ गतेदेखि सुरू भई १४ गते सम्पन्न हुने मध्यपुर महोत्सव–२०८१ को अवसरमा सर्वसाधारणलाई अवलोकनका लागि बुद्धको अस्थिधातु प्रदर्शन गरिने बताए ।   

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology