आज सुनको मूल्य ६०० ले बढ्यो
चाँदीको मूल्य स्थिर
Mayorsap
बिही, पौष ११, २०८१ | ११:४० बजे

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा तोलामा ६०० रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज स्थिर रहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।