मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

जनकपुरधाम उपमहानगरपालिका

बागलुङ नगरपालिका

क्व्होलासोथार गाउँपालिका

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

वृक्षरोपण

आन्दोलन

सूर्योदय नगरपालिका

डाक्टर र इन्जिनियर पढ्नेलाई छात्रवृत्ति दिने घोराही उपमहानगरको घोषणा

Mayorsap

बिही, पौष ११, २०८१ | १४:४० बजे

काठमाडौँ । दाङको एक स्थानीय सरकारले डाक्टर र इन्जिनियर पढ्दै गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । घोराही उपमहानगरपालिकाले डाक्टर पढ्नेलाई ५ लाख र इञ्जियिनर पढ्दै गरेका विद्यार्थी ३ लाख रुपैयाँ एकमुष्ठ लाई छात्रवृत्ति दिने भएको हो ।


तर, सामुदायिक विद्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) र प्लस टु अध्ययन गरेको हुनुपर्ने शर्त रहेको छ । सामाजिक विकास महाशाखाका प्रमुख नारायणप्रशाद पौडेलले प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार यही पुस ८ गतेदेखि आउँदो माघ ८ गतेभित्र छात्रवृत्तिका लागि आवेदन दिनुपर्नेछ । यस अवधिभित्र आवश्यक कागजपत्रसहित घोराही उपमहानगरपालिकाको सामाजिक विकास महाशाखामा निवेदन पेस गर्न भनिएको छ ।

छात्रवृत्ति प्राप्त गर्न यी छन् शर्त:

१. एसईई तथा +२ सामूदायिक विद्यालयबाट उर्तिण गरेको हुनु पर्नेछ ।

२. छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी घोराही उपमहानगरपालिकाको नागरिक हुनुपर्नेछ ।

३. अन्य कुनैपनि प्रकारको छात्रवृत्ति प्राप्त नगरेको हुनु पर्नेछ ।

४. छात्रवृत्ति प्रदान गर्दा जि.पि. ए लाई प्रमुख आधार बनाईने छ ।

५. नेपाली नागरिकताको प्रतिलिपि

६. डाक्टर, इन्जिनीयर अध्ययन गरेको विद्यालयमा भर्ना भएको रसिद एवं परिचयपत्र ।

७. हाल अध्ययन गरि रहेको संस्थाको पत्र

८. डाक्टर पढ्नेलाई छात्रवृत्ति एकमुष्ठ पाँच लाख रुपैयाँ र इन्जिनीयर पढ्नेलाई छात्रवृत्ति एकमुष्ठ तीन लाखका दरले उपलब्ध गराइने छ र उक्त रकमबाट नियामानुसार कर कट्टि हुनेछ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology