Ad Image

तीन विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735209974.jpg

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–४ मा सामुदायिक विद्यालयमा अध्ययनरत तीन सय २० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । चिसोको समयमा न्यानो कपडा पाएपछि विद्यार्थी खुसी भएका छन् ।

 

 मालारानी –४ का तीन विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षकलाई न्यानो पोशाक वितरण गरिएको हो । मालारानी गाउँपालिकाका  अध्यक्ष दलबहादुर भट्टराईले न्यानो ट्र्याकसुट सेट वितरण गरेका हुन् । किरण माध्यमिक विद्यालय निन्युखर्कका दुई सय ५० विद्यार्थी, १७ शिक्षक, जाँलकाँडा आधारभूत विद्यालय थामका ५० विद्यार्थी, सात शिक्षक र सार्वजनिक आधारभूत विद्यालय ब्याडपाटाका २०  विद्यार्थीलाई न्यानो पोशाक प्रदान गरिएको थियो ।

 

 किरण मावि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले विद्यार्थीहरुलाई न्यानो पोशाक सरकारले दिनुपर्छ भने ।  कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक विद्यार्थीलगायतको उपस्थिति थियो ।