Ad Image

शिक्षक सरुवाको विषयलाई लिएर नगरपालिका कार्यालयमा तोडफोड

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735212882.jpg

रौतहट । रौतहटको गरुडा नगरपालिकामा तोडफोड भएको छ । शिक्षक सरुवाको विषयलाई लिएर आक्रोशित समूहले बिहीबार नगरपालिकाको कार्यालयमा तोडफोड गरेको हो ।


विद्यार्थीसहित पुगेको समूहले तोडफोड गर्दा नगरपालिकाको सहित केही सवारी साधनमा क्षति पुगेको छ । नमुना माध्यमिक विद्यालयको नेपाली शिक्षकको सरुवा भएपछि आक्रोशित बनेको समूहले प्रदर्शन गर्दै तोडफोडमा उत्रिएपछि अहिले सुरक्षा व्यवस्था कडा बनाइएको छ ।


नगरपालिका परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।