Ad Image

राष्ट्रिय खेलकुद परिषद्‌को बोर्ड सदस्यमा ८ जना नियुक्त

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735219317.jpg

काठमाडौं।  राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) को बोर्ड सदस्यमा ८ जना नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्‌को रिक्त बोर्ड सदस्यमा उनीहरुलाई नियुक्त गरेको हो ।

नियुक्त हुनेहरूमा शान्तीकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) रहेका छन् ।

यस्तै राखेपको उपाध्यक्ष भने अर्काे हप्ता नियुक्त हुने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए ।