मेयरसाप

केपी ओली

प्रशासकीय भवन

रुरुक्षेत्र गाउँपालिका

स्वामिकार्तिक खापर गाउँपालिका

सीप

लमही नगरपालिका

बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता

Mayorsap

बिही, पौष ११, २०८१ | २१:४६ बजे

काठमाडौं ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं महानगरपालिका वडा नं ६ बीच बौद्ध क्षेत्रभित्र सिसिटिभी क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आज आयोजित कार्यक्रममा कार्यालयका तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र काठमाडौं महानगरपालिका वडा नं ६ का वडाध्यक्ष भुवन लामाले सो समझदारी पत्रमा हस्ताक्षर गरे।

सम्झौताअनुसार बौद्ध क्षेत्रमा रु एक करोड २६ लाख ९० हजार लागतमा सिसिटिभी जडान गरिनेछ  । काठमाडौं क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र सहरी सुशासनसँग सम्बन्धित विषयमा सहकार्य गर्न सिसिटिभी जडान गराउने सम्झौता–पत्रमा उल्लेख  छ ।

सिसिटिभी जडान गरिने विभिन्न स्थान दुवै पक्षको सहमतिमा यकिन गरिने तथा जडान हुने सिसिटिभी प्रणाली नेपाल प्रहरीले निर्धारण गरेको मापदण्ड अनुसारको हुनेछ । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले सिसिटिभी क्यामेरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology