Ad Image

सिरहाको बिष्णुपुर गाउँपालिका र वडा कार्यालय तोडफोड

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735296795.jpg

सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर १ मा रहेको श्री जनता माध्यमिक विद्यालय बिष्णुपुर, गौरीपुरका विद्यार्थीहरूले शैक्षिक सुधारको माग गर्दै आन्दोलन थालेका छन्। आन्दोलनको क्रममा एक विद्यार्थी घाइते समेत भएका छन्।

 

गाउँपालिकाले बिद्यार्थीको मागलाई अटेर गर्दा आन्दोलनकारीहरुले गाउँपालिका र वडा कार्यालय तोडफोड गरेका छन् ।

 

चार दिनदेखि विद्यालयमा तालाबन्दी गर्दा समेत पालिकाबाट र वडा अध्यक्ष भोगिन्द्र यादवले समस्या समाधानमा चासो नदिएको भन्दै आक्रोशित विद्यार्थीहरूले वडा कार्यालय र गाउँपालिका कार्यालयमा तालाबन्दी गरी तोडफोड गरेका हुन्।


विद्यार्थीहरूले विद्यालयको व्यवस्थापन, गुणस्तरीय शिक्षा, आवश्यक शिक्षक र शैक्षिक सामग्री उपलब्ध गराउन माग गर्दै आन्दोलन सुरु गरेका हुन्। स्थानीय प्रशासन र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन विद्यार्थीहरूले यो कदम चालेको जनाइएको छ।
 

उनिहरुले प्रधानाध्यापक प्रहलाद यादबलाई समेत स्कुलको शैक्षिक सुधार गर्न पटक(पटक गुहार गर्दा पनि कुनै किसिमको सुधार नहुदा बिद्यार्थीहरुले आन्दोलन गर्न बाध्य भएको बताएका छन्।


घटनापछि स्थानीय प्रशासन र गाउँपालिका अध्यक्ष सत्यनारायण यादबले विवाद समाधानकालागि विद्यालय परीसरमै छलफल गरि विद्यार्थीको माग सम्बोधन गरेका छन ।