मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

स्थानीय सरकार

कृषि अनुदान

मध्यविन्दु नगरपालिका

स्काइ–वाक टावर

हरिवन नगरपालिका

गैंडाकोट नगरपालिका

मालिकार्जुन गाउँपालिका

नक्कली डाक्टर बनेर लुटपाट गरेपछि...

Mayorsap

शुक्र, पौष १२, २०८१ | १९:४२ बजे

काठमाडौं । जो कोही बिरामीले चिकित्सकलाई ठूलो भरोसा गरेका हुन्छन् । तर चिकित्सक नै लुटेरामा परिणत भएमा कस्तो होला ? यस्तै घटना ललितपुरमा घटेको छ ।

एक बिरामी नक्कली चिकित्सकको भरमा पर्दा उपचारको साटो लुटिएका छन् । केही दिन अघिको उक्त घटनाका आरोपीलाई पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले आज सार्वजनिक गरेपछि घटना विवरण सार्वजनिक भएको हो ।

नक्कली डाक्टर बनी लुटपाटमा संलग्न रहेको अभियोगमा महोत्तरी जलेश्वर नगरपालिका–२ हरिटोल ठेगाना भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३० वर्षीय डा आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

मण्डललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका–४ आरूखर्कबाट पक्राउ गरेको हो । उनको साथबाट रु ५९ हजार तीन सय ६० र मोबाइल तीन थान बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार पीडित व्यक्ति मधुमेहका रोगी थिए । उनी सामाजिक सञ्जाल फेसबुकमार्फत नक्कली डाक्टर मण्डलसँग साथी बने । मण्डलले आफू डाक्टर हुँ भनी भेटघाट एवं चिनजान गरी उपचार गर्ने भनेर पीडितका घरमा पुगेका थिए ।

उपचारका नाममा उनले बेहोस हुने औषधि खुवाई बिरामीलाई बेहोस पारेर कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहना र नगद रु तीन लाख चोरी गरेको प्रहरीले जनाएको छ । उनलाई आजै चोरीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको उनले जानकारी दिए ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology