मेयरसाप

केपी ओली

बडिगाड गाउँपालिका

चन्द्रकोट गाउँपालिका

धार्चे गाउँपालिका

भजनी नगरपालिका

सीप

१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन

Mayorsap

शुक्र, पौष १२, २०८१ | २२:११ बजे

काठमाडौं । दुई दिने नेपाल स्वास्थ्य सम्मेलन १० बुँदे प्राथमिकता जारी गर्दै समापन भएको छ । प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याइ आपसी सिकाइ र दीर्घकालीन रणनीति निर्माण गर्न सहयोग सम्मेलनले गरेको विश्वास गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ भन्ने नाराका साथ सम्मेलन आयोजना गरेको थियो ।

घोषणापत्रमा नेपालको स्वास्थ्य क्षेत्रको आवश्यकतालाई सम्बोधन गर्ने, स्टार्टअपहरूसँगको सहकार्यलाई प्रवर्द्धन गर्ने र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन केन्द्रीयकृत प्लेटफर्मको रूपमा आइडियारप्रोजेक्ट बैंक स्थापना गर्ने रहेको छ ।

श्रम प्रवासीहरूको स्वास्थ्य समस्या सम्बोधन गर्न डायस्पोरालाई संलग्न गराउने सम्भावना अन्वेषण गर्ने, मन्त्रालयको राष्ट्रिय संयुक्त वार्षिक समीक्षामा डायस्पोरा संलग्नता गतिविधि एकीकृत गर्ने रहेको छ ।

मन्त्रालयमा अनुसन्धान, प्रमाण सष्लेषण र डायस्पोरा संलग्नता एकाइ स्थापना गर्ने र निरन्तर सिकाइ, मार्गदर्शन र क्षमता निर्माणको लागि ‘भर्चुअल’ ज्ञान ‘प्लेटफर्म’ हरू डिजाइन गर्ने जारी घोषणापत्रमा उल्लेख छ ।

डायस्पोराका लागि ग्रामीण स्वास्थ्य फेलोशिप कार्यक्रमको विकास र कार्यात्मक बनाउने, स्वास्थ्य क्षेत्रको लगानीमा डायस्पोरा संलग्नता सुधार गर्न आवश्यक नीति र कानुनी व्यवस्था पहिचान गर्न नीति विश्लेषण गर्ने र प्रवासी नेपालीको तथ्याङ्क अद्यावधिक गर्ने घोषणापत्रमा रहेको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology