मेयरसाप

केपी ओली

बाँफीकोट गाउँपालिका

पातारासी गाउँपालिका

स्थानीय तहको क्षमता आवश्यकता पहिचान प्रतिवेदन

कानेपोखरी गाउँपालिका

तातोपानी गाउँपालिका

राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने

Mayorsap

शनि, पौष १३, २०८१ | १९:११ बजे

काठमाडौं । राष्ट्रिय च्याउ दिवस आगामी पुस १५ गते आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक च्याउ उत्पादक किसान संघ, नेपालले भृकुटीमण्डपमा मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

संघका अध्यक्ष सन्तोष कार्कीले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने मेलामा ४० वटा कक्षमा च्याउसँग सम्बन्धित विभिन्न प्रदर्शनी गरिने जानकारी दिए । उनले मेलामा च्याउका परिकारसमेत प्रदर्शनी गरिने र  गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा हेर्न सकिने बताए । भिन्नभिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुको प्रदर्शनी, राष्ट्रिय कलाकारको उपस्थितिमा विशेष सांस्कृतिक प्रदर्शनलगायत कार्यक्रम आयोजना गरिने अध्यक्ष कार्कीले बताए ।

मेलामा प्रवेश निःशुल्क रहेको र च्याउका परिकार पनि निःशुल्क चाख्न पाइने आयोजकले जनाएको छ । मेला आयोजनाका लागि करिब रु २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने करिब १५ हजारले मेलामा अवलोकन गर्ने अनुमान गरिएको छ  ।

नेपालमा हाल करिब ३५ हजार किसान च्याउखेतीमा आवद्ध रहेकासमेत सङ्घले जानकारी दिएको छ । नेपालभर विभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब रु १५ अर्ब तथा च्याउको बीउ उत्पादन गर्ने ल्याबको सङ्ख्या ६७  रहेको अध्यक्ष कार्कीले जानकारी दिए ।

संघका अनुसार नेपालका ७० जिल्लामा च्याउखेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन हुने गरेको छ । च्याउ उत्पादक किसान संघ नेपालले २०७६ पुस ९ गतेदेखि पुस २९ गतेसम्म मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सञ्चालन गरेको थियो ।

पुस महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा यसै महिनाको कुनै एक दिनलाई च्याउ दिवसका रूपमा घोषणा गराउन संघ र च्याउ उत्पादक किसानले दबाब दिँदै आएका छन् । 

विसं २०७६ पुस १५ गते बागमती प्रदेशको राजधानी हेटौँडामा सञ्चालन भएको मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ यसैका लागि भएको संघले जनाएको छ । सोही दिन च्याउ संघ र किसानको अनुरोधलाई स्वीकार गर्दै बागमती प्रदेश सरकारले प्रदेशस्तरमा च्याउ दिवसको विधिवत् घोषणा गरेको संघले जनाएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology