Ad Image

बागलुङको बुर्तिवाङमा बन्यो ५० शैयाकाे अस्पताल

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735448467.jpg

गलकोट । ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शैयाको अस्पताल सञ्चालन भएको छ । यसबाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।

 

पचास शैयाको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शुक्रबार अस्पतालको सेवा प्रारम्भ गर्दै बताए ।

 

विसं २०२१ मा दुई कोठाबाट  स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो । विसं २०६४ मा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न रु. ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको थियो ।

 

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने उल्लेख थियो । अस्पतालमा  पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि रु. १२ करोड विनियोजन गरिएको थियो ।