मेयरसाप

कर्मचारी

सम्पादकीय

शिक्षा

महाशिवरात्री

बजेट

स्थानीय सरकार

गौशाला नगरपालिका

नगर बस

फोहोर

अर्थ

रुरुक्षेत्र गाउँपालिका

इन्द्रसरोवरको हेभीखोलामा बेलिब्रिज हालिने

Mayorsap

आइत, पौष १४, २०८१ | ११:०६ बजे

मकवानपुर । असोज ११ र १२ गतेको अविरल वर्षासँगै कुलेखानी जलविद्युत् आयोजनाको ड्याम खोल्दा क्षति भएको हेभीखोलामा बेलिब्रिज हालिने भएको छ । कुलेखानी भरिएसँगै ओभरफ्लो रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको हेभीखोलाको पुलमा क्षति पुगेको थियो ।


तत्कालीन समयमा चाडपर्व भएका कारण खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन गरिएको थियो । हाल उक्त डाइभर्सनबाटै सवारी हेभीखोला वारपार गरिरहेका छन् । ड्यामबाट क्षति पुगेको उक्त पुल तत्कालन सञ्चालन गर्न नसकिने निष्कर्ष निकाल्दै प्रदेश सरकारले बेलिब्रिज हाल्ने निर्णयमा पुगेको हो ।


बागमती प्रदेश सरकारको विपद् व्यवस्थापन कार्यकारी समितिको वैठकले तत्काल उक्त स्थानमा बेलिब्रिज हाल्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार भीमफेदी गाउँपालिका–६ स्थित माण्डु खोलामा रहेको बेलिब्रिज निकालेर उक्त स्थानमा तत्काल हाल्ने निर्णय बैठकले गरेको छ । माण्डु खोलमा पक्की पुल निर्माण भएसँगै बेलिब्रिज प्रयोगमा आएको छैन ।


आगामी वर्षाअगाडि नै उक्त पुल भएको स्थानमा बेलिब्रिज हालिनेछ । त्यसका लागि मन्त्रालयले आन्तरिक तयारी अगाडि बढाइसकेको छ,’ मन्त्री लामिछानेले बताए । मुख्यमन्त्री बहादुरसिंह लामासहित विभिन्न सुरक्षा निकायको प्रमुखसहितको उपस्थितिमा बसेको बैठकले बेलिब्रिजलाई त्यहाँ लैजानका लागि आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology