Ad Image

साताको पहिलो दिन सुनको मूल्य घट्यो

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735450619.jpg

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ५०० रुपैयाँ घटेको हो ।


जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।


यस्तै चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको थियो ।