मेयरसाप

कर्मचारी

सम्पादकीय

शिक्षा

महाशिवरात्री

बजेट

स्थानीय सरकार

धुर्कोट गाउँपालिका

खजुरा गाउँपालिका

सिराहा नगरपालिका

मुसीकोट नगरपालिका

पञ्चदेवल विनायक नगरपालिका

दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ९४ पुग्यो

Mayorsap

आइत, पौष १४, २०८१ | १२:१३ बजे

सोल । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मर्नेको सङ्ख्या ९४ जना पुगेको छ । अहिलेसम्म उद्धारकर्मीहरूले ९४ जनाको शव फेला पारेको भन्दै त्यहाँको सरकारी समाचार संस्था योन्हापले समाचार छापेको छ । त्यहाँको राष्ट्रिय अग्नि विमागले एउटा विज्ञप्ति जारी गर्दै यस्तो बताएको समाचारमा भनिएको छ ।

 

आइतबार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनाका कारण मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान रोक्का गरिएको छ । यस दुर्घटनामा अहिलेसम्म २ जनाको जीवितै उद्धार गरिएको छ ।


दुघर्टनामा परेको विमान बोइङ ३७३–८०० को निर्माता कम्पनी बोइङले समवेदना जारी गरेको छ । विमानको मालिक कम्पनी जेजु एयरका हाकिमहरूले पनि दुघर्टनामा परेका पीडितहरूको परिवारसँग माफी मागेका छन् । अहिलेको लागि मृतकको परिवारलाई टेवा आफ्नो शीर्ष प्राथमिकता भएको कम्पनीका प्रमुख कार्यकारी अधिकारी किम इ–बेएले भनेका छन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology