मेयरसाप

कर्मचारी

सम्पादकीय

शिक्षा

महाशिवरात्री

बजेट

स्थानीय सरकार

मालिका गाउँपालिका

अन्नपूर्ण गाउँपालिका

नगर बस

गोरखा नगरपालिका

तिलागुफा नगरपालिका

साताको पहिलो दिन २६०९ अंकमा झर्‍यो सेयर बजार

Mayorsap

आइत, पौष १४, २०८१ | १५:३४ बजे

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २१.१२ अंक घटेको छ ।

 

सो अंकको कमीसँगै नेप्से परिसूचक २६०९ मा कायम भएको छ । कारोबार भइरहँदा बजार पौने १ बजे २६४० अंकसम्म पुगे पनि अडिन सकेन । पौने १ बजेपछि बजारमा बिक्री चाप बढ्दा परिसूचक घट्न पुग्यो ।


कारोबार रकम सामान्य बढेको छ । गत बिहीबार ५ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४७ करोडको भयो । ६९ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने २ को स्थिर रह्यो ।


माइक्रोफाइनान्स सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढेको छ । त्यस्तै अन्य समूह ०.२९ प्रतिशत बढ्यो । फाइनान्स समूह सबैभन्दा धेरै ४.४७ प्रतिशत घट्यो । बैंकिङ ०.८७, विकास बैंक २.६५, हाइड्रोपावर १.७३, लगानी ०.६६, जीवन बीमा ०.३९, उत्पादन ०.८१, निर्जीवन बीमा ०.१२ तथा व्यापार समूह १.०३ प्रतिशत घटे ।

 

महिला लघुवित्त र आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । मानुषी लघुवित्तको ६.०९, सिर्जनशील लघुवित्तको ५.८९ तथा एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ५.७ प्रतिशत बढ्यो ।

 

५ कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, जानाकी फाइनान्स र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । जोशी हाइड्रोपावरको ८.७, ग्रीन डेभलपमेन्टको ८.३ तथा बेस्ट फाइनान्सको मूल्य ७.१ प्रतिशत घट्यो ।

 

कारोबार रकमका आधारमा प्रभु बैंक, जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, एनएलजी इन्स्योरेन्स तथा रिभर फल्स पावर क्रमशः अगाडि रहे ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology