मेयरसाप

केपी ओली

कालीगण्डकी गाउँपालिका

इस्मा गाउँपालिका

रघुगङ्गा गाउँपालिका

धवलागिरि गाउँपालिका

मधुवन नगरपालिका

कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी

Mayorsap

आइत, पौष १४, २०८१ | २१:५७ बजे

कास्की । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ऐन र कानुन नमान्ने खेल संघ तथा नेपाल ओलम्पिक कमिटीलाई कारबाही गरिने बताएका छन् । पोखरामा आज पत्रकारहरुसँगको कुराकानीमा मन्त्री चौधरीले सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशन विपरित कार्य गर्ने ओलम्पिक कमिटी र निर्वाचनमा सहभागी भएका राष्ट्रिय खेल संघमाथि कारबाही हुने बताए।

“नेपाल ओलम्पिक कमिटी र खेल सङ्घको गतिविधिलाई नेपाल सरकारले सहज रुपमा लिएको छैन । खेल संघलाई तीन दिनको समय दिएर स्पष्टिकरण सोधेका छौँ । जवाफ प्राप्त भएपछि कारबाही प्रक्रियाअघि बढाउँछौँ”, मन्त्री चौधरीले भने।

मन्त्री चौधरीले २७ खेल संघमध्ये २० वटाले ओलम्पिक कमिटीको निर्वाचनमा अनलाइनमार्फत भोटिङ गरेको र अदालत तथा सरकारको निर्देशन अवज्ञा गरेको बताए। नेपाल ओलम्पिक कमिटीको यही पुस १३ गतेका लागि तय भएको निर्वाचन कार्यक्रम रोक्न सर्वोच्च अदालतले पुस ११ गते अन्तरिम आदेश दिएको थियो । अदालतको आदेपछि राष्ट्रिय खेलकुद परिषद्ले ओलम्पिक कमिटी र कमिटीसँग आबद्ध सम्पूर्ण खेल संघ तथा प्रतिनिधिलाई निर्वाचन नगर्नु र नगराउनु भन्ने निर्देशन जारी गरेको थियो ।

सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशनविपरीत शनिबार निर्वाचन गरेर ओलम्पिक कमिटीले नेतृत्व चयन गरेको थियो । अनलाइन चुनावबाट जीवनराम श्रेष्ठ पुनःअध्यक्ष बनेको घोषणा गरिएको थियो । यसैबीच मन्त्री चौधरीले कर्णाली प्रदेशमा तय भएको १० औं राष्ट्रिय खेलकुद तोकिएको समयममा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology