मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बजेट

बाँफीकोट गाउँपालिका

महाङ्काल गाउँपालिका

गोठालो भत्ता

वडा

कर

चितवनको सिमलताल नजिक बस दुर्घटना, ६ जना घाइते

घाइतेहरुकाे भरतपुर अस्पतालमा उपचार हुँदै ।

Mayorsap

सोम, पौष १५, २०८१ | १०:१४ बजे

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल नजिकै बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

 

बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ८५५ १ नम्बरको बसले मधेश प्रदेश ०३–००२ ख २१५९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार ६ यात्रु घाइते भएका हुन् ।


घाइते यात्रुहरुलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको र सबैको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।


बिग्रिएर सडक छेउँमा रोकिराखेको ट्रकको पछाडि आज बिहान करिब साढे ४ बजेतिर बस ठोक्किएको थियो ।


दुर्घटनास्थल जलविरेबाट करिब दुई किलोमिटर अगाडि नारायणगढतर्फ पर्दछ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology