मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बजेट

मिक्वाखोला गाउँपालिका

गरिबसँग विश्वेश्वर कार्यक्रम

पर्यटन

वडा

बागलुङ नगरपालिका

बडीमालिका नगरपालिकामा मंगलबार सार्वजनिक बिदा

Mayorsap

सोम, पौष १५, २०८१ | १०:४९ बजे

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाले एक दिन शोक बिदा दिएको छ । जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको सडक दुर्घटनामा मृत्यु भएपछि नगरपालिका अन्तर्गतका कार्यालय तथा संघसंस्थामा मौनधारणसहित शोक मनाउन पुस १६ गते (मंगलबार) शोक बिदा दिने नगरपालिकाले जनाएको छ ।


बडीमालिका–७ स्थित चुथी स्वास्थ्य चौकीमा कार्यरत खत्रीको केही दिनअघि धनगढीमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । उनी त्यहाँ आयोजना भएको तालिममा सहभागी हुने क्रममा दुर्घटनामा परेका थिए ।


प्रहरीका अनुसार बिहीबार साँझ साढे ६ बजे धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढी आउँदै गरेका दुईवटा मोटरसाइल आपसमा ठोक्किएका थिए । डोटीको शिखर नगरपालिका–११ बस्ने २५ वर्षीया शर्मिला थापाले चलाएको सुप्रप ०१-००७११ प नम्बरको मोटरसाइलले पछाडिबाट ठक्कर दिएको थियो ।


जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–५ का २५ वर्षीय पुरन शाहले चलाएको सुपप्र ०१२ प ९४१६ नम्बरको मोटरसाइलमा खत्री पछाडि सवार थिए । खत्रीको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा बिहीबार साँझ मृत्यु भएको थियो ।


‘कुशल, कर्तव्यनिष्ट, होनहार राष्ट्रसेवक स्वास्थ्यकर्मी गुमाउँदा बडीमालिका नगरपालिकालाई अपूरणीय क्षति भएको छ,’ नगरपालिकाले सूचना जारी गर्दै भनेको छ, ‘दुःखद् घडीमा सिंगो नगरपालिका परिवार स्वर्गीय खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार, आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology