मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बजेट

कर्मचारी

लुम्बिनी विकास कोष

स्वामिकार्तिक खापर गाउँपालिका

नगर विकास कोष

मेलमिलाप केन्द्र

३ लाख घुससहित राष्ट्रिय किताबखानाका शाखा अधिकृत पक्राउ

Mayorsap

सोम, पौष १५, २०८१ | १२:५३ बजे

काठमाडौँ । राष्ट्रिय किताबखाना (शिक्षक) का शाखा अधिकृत धनेश्वर प्रसाईं ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाखा अधिकृत प्रसाईंलाई पेन्सपट्टा बनाइ दिने भन्दै सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस लिएको अवस्थामा किताबखानाको छाउनी मार्ग तहाचलबाट पक्राउ परेका हुन् ।


‘शाखा अधिकृत धनेश्वर प्रसाईले पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज धनेश्वर प्रसाईलाई सेवाग्राहीबाट रू. ३,००,००० (तीन लाख रुपैया) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट नियन्त्रणमा लिइएको हो,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुचनामा उल्लेख छ ।


पक्राउ परेका शाखा अधिकृत प्रसाईंमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology