काठमाडौँ महानगरले ८ वटा ऐन संशोधन गर्दै
Mayorsap
सोम, पौष १५, २०८१ | १४:३० बजे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न आठवटा ऐन संशोधन गर्ने भएको छ । आइतबार बसेको काठमाडौँ महानगरपालिकाको ३९औँ कार्यपालिका बैठकले विभिन्न आठवटा ऐन संशोधन गर्न सहमति दिएको हो ।
बैठकले सहकारी ऐन २०७४, शिक्षा ऐन २०७५, राजस्व ऐन २०७५, विवाद निरुपण कार्यविधि ऐन २०७५, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, कर्मचारी सेवा ऐन २०७७, महानगर प्रहरी ऐन २०८० र ‘जनप्रतिनिधिहरुको सुविधा सम्बन्धी ऐन २०७९ संशोधन गर्न सहमति दिएको हो ।
साथै बैठकले होस्टेल कार्यविधि २०७९ लाई पुनलेखन तथा संशोधन र सञ्चार तथा सूचना ऐन २०८१ को नियमावली तथा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ ।