मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बजेट

काठमाडौं महानगरपालिका

मध्यविन्दु नगरपालिका

छात्रावृत्ति

अतिक्रमन

गोपाल हमाल

कुलुङ समुदायको चाक्चाकुर पर्व आजबाट सुरु, तीन दिन सम्म मनाउने

Mayorsap

सोम, पौष १५, २०८१ | १४:५४ बजे

काठमाडौँ । आदिवासी कुलुङ समुदायको प्रमुख पर्व चाक्चाचुर पर्व आजदेखि सुरु भएको छ । कुलुङ समुदायको बाहुल्य रहेको क्षेत्रमा आजदेखि तीन दिनसम्म उक्त पर्व मनाउन लागिएको हो ।


कुलुङ समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला सोलुखुम्बु, सङ्खुवासभा, भोजपुर, धनकुटालगायत क्षेत्रमा उक्त पर्व मनाउन लागिएको हो । यसका अलावा सुनसरी, झापा, इलाम, पाँचथर, काठमाडौँलगायत कुलुङ समुदाय बसोबास गरेका क्षेत्रमा समेत यो पर्व मनाउन लागिएको हो ।


उँधौलीको समयमा आफ्ना पितृ र प्रकृतिलाई पुज्दै यो पर्व मनाउने गरिएको छ । यो पर्वका अवसरमा चुला खन्याउने, नयाँ अन्न बाली पितृलाई चढाएर आशीर्वाद माग्ने र खुसियालीमा कुलुङ सांस्कृतिक नाचहरू नाच्ने गरिन्छ । यस पर्वका अवसरमा ठूलाबडाको हातबाट टीका लगाउने चलन रहेको छ ।


चाक्चाकुर पर्वका अवसरमा सामूहिक खानपान कार्यक्रमहरूको पनि आयोजना गरिन्छ । यस पर्वका अवसरमा कुलुङ समुदायको बाहुल्य क्षेत्रका स्थानीय तहले स्थानीय बिदा दिँदै आएका छन् । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका, सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा यस जातिको बाहुल्य रहेको छ ।


यसैबीच, सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कुलुङ समुदायको नयाँ वर्ष चाक्चाकुर ५०८५ का अवसरमा देशभर रहनुभएका कुलुङ समुदायलाई शुभकामना व्यक्त गरेका छन् ।


मन्त्री खड्काले चाक्चाचुर पर्वले आदिवासी जनजातिका रूपमा रहेका किरात कुलुङ समुदायको भाइचारा र एकतालाई मजबुद बनाउँदै देशको सांस्कृतिक विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले चाक्चाचुर पर्वले किरात कुलुङ समुदायको सर्वोपरि हित होस् भन्ने कामनासहित हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology