मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बजेट

लुम्बिनी विकास कोष

टेम्केमैयुङ गाउँपालिका

छेडागाड नगरपालिका

सूर्योदय नगरपालिका

इस्मा गाउँपालिका

स्थानीय तहका कर्मचारीले मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा दिए धर्ना

Mayorsap

मंगल, पौष १६, २०८१ | ११:४८ बजे

काठमाडौँ । स्थानीय तहका कर्मचारीहरुले मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिएका छन् ।

 

आफूहरुको पदस्थापनाको माग राख्दै कर्मचारीहरुले धर्ना दिएका हुन् । यसअघि उनीहरुले पुस १२ गते मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय तथा मुख्यमन्त्रीको आवासमा धर्ना दिएका थिए ।


मधेश सरकारले केही महिनाअघि बनाएको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको स्थानीय  सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ त्रुटिपूर्ण रहेको र सोही कारण आफूहरू समस्यामा परेको स्थानीय तहका कर्मचारीहरूको गुनासो छ ।


मधेश प्रदेशका स्थानीय सरकारी सेवाका स्थायी कर्मचारीहरूको सरूवा, पदस्थापना तथा स्तरवृद्धिमा ढिलाइका कारण वृद्धि विकास रोकिनुका साथै कर्मचारीमा तनाव उत्पन्न हुन पुगेको धर्नामा सहभागी कर्मचारीहरुको भनाइ छ ।


मधेश प्रदेशका सरकार तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मौनताको कारण कर्मचारी समस्यामा परेको उनीहरूको गुनासो छ । आफूहरुका माग सम्बोधन नभएको धर्ना तथा संघर्षलाई अझ प्रभावकारी बनाउनुको विकल्प नभएको कर्मचारीहरुको भनाइ छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology