Ad Image

इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडिको शंकास्पद वस्तु निष्क्रिय

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735627615.jpg

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।


आज बिहान उपमहानगरपालिका कार्यालय अगाडि सहित तीन ठाउँमा बम राखेको सूचना प्रहरीलाई पुगेको थियो । सूचनामा भनिए अनुसार पालिकाको कार्यालय अगाडि कालो झोला फेला परेको थियो । उक्त शंकास्पद वस्तु बिहान नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । प्रहरीका अनुसार कार्यालय अगाडि प्रेसर कुकरमा तार बेरेर छाडिएको थियो ।


राजावादी समूहको नाममा प्रहरीलाई गरिएको खबरमा उपमहानगरको कार्यालयसँगै भोटेपुल र बुढी खोला पुल मुनि पनि बम राखेको दाबी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार पालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परे पनि भोटेपुलमा शंकास्पद वस्तु फेला परेन । उनले शंकास्पद वस्तु राख्नेको खोजी भइरहेको बताए ।


मोरङ र सुनसरीको सीमा रहेको बुढीखोला पुल मुनि एउटा बोरा फेला परेको थियो । शंकास्पद भनिएको बोरामा पुराना कपडा मात्र भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।