मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

गोरखा नगरपालिका

कावासोती नगरपालिका

गृहमन्त्री

नगर विकास कोष

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

थाहानगरको बाह्र वर्षे नाच थानकोटमा पनि देखाइने

Mayorsap

मंगल, पौष १६, २०८१ | १३:०५ बजे

मकवानपुर । मकवानपुरकाे थाहानगरपालिकामा नचाउँदै आएकाे महाभारत कथामा आधारित ऐतिहासिक बाह्र वर्षे नाच  यस वर्ष चन्द्रागिरि नगरपालिकामा पनि नचाइने भएको छ ।

 

थानकोटस्थित आदिनारायण भजन मण्डलको आयोजना तथा चन्द्रागिरि हाईकर्स कम्युनिटीको व्यवस्थापनमा पौष १९ गते शुक्रबार साँझ ६ः३० बजेबाट सो नाच प्रस्तुत हुने भएको हो ।

 

मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित चम्पाकेश्वर गोपाली सनातन संस्कृति संरक्षण समितिले तयार गरेको ऐतिहासिक महाभारत कथामा आधारित १२ वर्षे नाच देखाउने तयारी भइरहेको बताइएको छ । ऐतिहासिक १२ वर्षे नाचमा विभिन्न पौराणिक कथामा आधारित नाचहरू देखाउने गरिन्छ ।


विभिन्न देवी देवताहरु गणेश, सात कन्या, सेतीदेवी, बज्रबाराही, पाँच कन्या, भैरव, चुनी शिकारी, महादेव पार्वती गंगा लगायतका देवदेवीहरुको भेषमा नाच नाच्ने गरिन्छ । तानसेन र चन्द्रसेनको कथामा आधारित नाटक लोप हुनै लागेको अवस्थामा ऐतिहासिक अर्चुरो र बन्यो राजाको कथामा आधारित नाच देखाउने चलन रहेको थाहा नगरस्थित चम्पाकेश्वर गोपाली सनातन संस्कृति संरक्षण समितिले जानकारी दिएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology