मेयरसाप

केपी ओली

धरान उपमहानगरपालिका

जनकपुरधाम उपमहानगरपालिका

बागलुङ नगरपालिका

छिन्नमस्ता गाउँपालिका

चौँरी महोत्सव

राप्ती गाउँपालिका

उपनिर्वाचन

बुद्धजन्मस्थल

सूर्यविनायक नगरपालिका १७औँ नगर अधिवेशन

२७ लाख भ्रष्टाचार गरेको आराेपमा अर्जुनचौपारी गाउँपालिकाका पूर्व अध्यक्ष अर्याल सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Mayorsap

मंगल, पौष १६, २०८१ | १५:१२ बजे

काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

 

आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा गुणस्तरहिन ढलान गरेर भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ । उनीहरूले २७ लाख ५ हजार ११ रुपैयाँ र ८ लाख ३४ हजार ३२० रुपैयाँ भ्रष्टाचार गरको आरोप छ ।

 

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

अर्यालसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुुरण गुरुङ, तत्कालीन इन्जिनियर नवीन थापा, उपभोक्ता व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले, कोषाध्यक्ष हिमकुमारी केसी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, इन्जिनियर सुदिप आचार्य, तल्लो बजार नाली तथा ढलान निर्माण उपाभोक्ता समितिका अध्यक्ष मंगल देवी थापा मगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटालार्य प्रतिवादी बनाइएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology