मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

राष्ट्रिय प्रतिभा पुरस्कार

राजनीतिक दल

व्यास नगरपालिका

इस्मा गाउँपालिका

नौकुण्ड गाउँपालिका

भारी अङ्ले घट्यो सेयर बजार, कारोबार रकम बढ्यो

Mayorsap

मंगल, पौष १६, २०८१ | १५:२८ बजे

काठमाडौं । मंगलबार सेयर बजार भारी अंकले घटेको छ । अघिल्लो कारोबार दिन २६०९ अंकमा रहेको नेप्से यस दिन ३३.०८ अंक घटेर २५७६ अंकमा झरेको हो । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ४७ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६७ करोडको भयो ।

 

जम्मा २८ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ३ को स्थिर रह्यो । अन्यबाहेक सबै सेक्टरका सूचक घटेका छन् । अन्य समूह जम्मा ०.०६ प्रतिशत बढ्यो ।


बैंकिङ ०.९२, विकास बैंक २.७७, फाइनान्स ५.१९, होटल तथा पर्यटन १.३८, हाइड्रोपावर १.७३, लगानी ०.०८, जीवन बीमा ०.६५, उत्पादन १.५१, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा ०.९५ र व्यापार २.९७ प्रतिशत घटे ।


नाडेप लघुवित्त र उपकार लघुवित्तको मूल्य ४ प्रतिशत बढ्यो । निफ्राको ३.३२, रसुवागढी हाइड्रोपावरको ३.१ प्रतिशत मूल्य बढ्यो । ४ कम्पनीको मूल्य १० प्रतिशत घटेको छ।


सपोर्ट माइक्रोफाइनान्स, जानाकी फाइनान्स, पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत घट्यो । गुहेश्वरी फाइनान्सको ९.३, बोटलर्स नेपाल तराईको ९.२५, मल्टिपर्पस फाइनान्सको ७.८, सेन्ट्रल फाइनान्सको ७.२२ तथा गुराँस लघुवित्तको ६.९ प्रतिशत मूल्य घट्यो ।

 

कारोबार रकमका आधारमा प्रभु बैंक, नेपाल फाइनान्स, जानाकी फाइनान्स, एनएलजी इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology