मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

जनकपुरधाम उपमहानगरपालिका

उपहार

दङ्गीशरण गाउँपालिका

बेनी–जोमसोम सडक

मध्यपुर थिमि नगरपालिका

प्रधानमन्त्री ओलीले दिए ‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’लाई शुुभकामना

Mayorsap

मंगल, पौष १६, २०८१ | १५:४१ बजे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ को सफलताको शुभकामना दिएका छन् ।


प्रधानमन्त्री निवासमा अभियानकर्मीहरुसँग आज भएको भेटमा उनले राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा आजदेखि आरम्भ भएको सो अभियानलाई शुुभकामना दिएका हुन् ।


बालविवाह अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी मुलुकलाई बालविवाह मुक्त राष्ट्र बनाउने सङ्कल्पपत्रमा प्रधानमन्त्री ओलीले हस्ताक्षर पनि गरे । मुलुकी अपराध संहिता, २०७४ मा बालविवाहलाई दण्डनीय मानेको छ ।


त्यस अवसरमा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, लुुम्बिनी प्रदेशका पूर्वमुुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतको ‘जष्ट राइट्स फर चिल्ड्रेन’ का संस्थापक भुवन रिम्भुु र अभियानमा संलग्न बालविवाहको सिकार भएकाहरुको उपस्थिति थियो । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology