जनकपुरमा परीक्षा केन्द्रको विषयलाई लिएर विद्यार्थी आन्दोलित
क्याम्पसको प्रसाशन शाखाको ढोका, झ्याल, झ्यालको सिसा तोडफोड
Mayorsap
मंगल, पौष १६, २०८१ | १६:१० बजे

जनकपुर । जनकपुरधामको राराब (रामस्वरुप रामसागर बहुमुखी क्याम्पस) का विद्यार्थी आन्दोलित भएका छन् ।
बुधबार (भोलि) देखि शुरू हुन लागेको स्नातक तहको परीक्षा केन्द्र फरक-फरक क्याम्पसमा राखेको भन्दै विद्यार्थीहरू बिहानैदेखि विरोधमा उत्रिएका हुन् ।
उनीहरूले क्याम्पसको प्रसाशन शाखाको ढोका, झ्याल, झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसरभित्र राखेको काठका सामाग्रीमा आगो लगाएका छन् ।
यसअघि राराब क्यामपसको परीक्षा केन्द्र अन्य क्याम्पसमा नराखिएको विद्यार्थीहरूको भनाइ छ । नियतवस निजी क्याम्पसका सञ्चालकहरूको पैसाको चलखेल र मिलेमतोमा ९ सय विद्यार्थीबाहेक बाँकीको परीक्षा केन्द्र अन्य क्याम्पसमा राख्न लगाएको उनीहरूको आरोप छ ।
आजै निर्णय नसच्चयाए भोलि मधेश प्रदेशभरी कुनै स्नातकको परीक्षा हुन नदिने विद्यार्थीहरूले चेतावनीसमेत दिएका छन् ।