Ad Image

सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735697483.jpg

बरहथवा । सर्लाहीमा यात्रुबाहक बसले थिचेर ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । तीव्रगतिमा रहेको यात्रुवाहक बस बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट (बिओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बजारिँदा निजको मृत्यु भएको हो ।

गए राति बागमती प्रदेश ०१–००६ख २००४ नम्बरको यात्रीबसले तुलाधरलाई थिचेको थियो । बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए । प्रहरीले बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ ।