मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

बागलुङ नगरपालिका

जनकपुरधाम उपमहानगरपालिका

आलु

डुडुवा गाउँपालिका

गैंडाकोट नगरपालिका

नुर्वु स्याङबो घले

महादेवा गाउँपालिका

जीतपुरसिमरा उपमहानगरमा बुधबार सार्वजनिक बिदा

Mayorsap

बुध, पौष १७, २०८१ | १३:११ बजे

काठमाडौँ । बाराको जीतपुरसिमरा उपहानगरपालिकाले बुधबार शोक बिदा दिएको छ । वडा सदस्यको निधन भएकाले उपहानगरले बुधबार शोक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले जानकारी दिइन् ।

 

वडा नम्बर १३ को सदस्य तथा उपमहानगरको न्यायिक समिति सदस्य जादोलाल सहनीको मंगलबार निधन भएकाले बुधबार शोक बिदा दिइएको काफ्ले बताइन् ।

 

‘जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १३ को वडा सदस्य एवं उपमहानगरपालिकाको न्यायिक समिति सदस्य श्री जादोलाल सहनीको मितिः २०८१/०९/१६ गते अन्दाजी साँझको ६ः३० बजे वीरगंज स्थित नेपाल मेडिसिटी वयोधा अस्पतालमा उपचारको क्रममा असमायिक निधन भएको खबरले उपमहानगरपालिका परिवार मर्माहित भएको छ,’ शोक बिदासम्बन्धी सार्वजनिक सूचनामा उल्लेख छ, ‘दुखःको यस घडीमा दिवंगत आत्माको चिर शान्तीको कामना र शोकसन्तप्त परिवारजन प्रति जीतपुरसिमरा उपमहानगरपालिका गहिरो समवेदना प्रकट गर्दै मितिः २०८१/०९/१७ गतेको कार्यालयको ( प्रमुख स्तरीय ) निर्णयानुसार मिति स् २०८१/०९/१७ गते अत्यावश्यक सेवा बाहेक यस उपमहानगरपालिका तथा मातहतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology