Ad Image

पदस्थापनाको माग गर्दे स्थानीय तहका कर्मचारी आन्दोलनमा, कार्यालयको काम छोडेर दिए धर्ना

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735736417.jpg

जनकपुरधाम । मधेश प्रदेश स्थानीय तहका कर्मचारीहरु पदस्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हातामा उनीहरूले धर्ना दिएका हुन् ।

स्थानीय तहका प्राविधिक, लेखा, राजस्व, प्रशासनलगायत विभिन्न समूहका एक सय ६० कर्मचारीले कार्यालयको काम छोडेर धर्नामा बसेका हुन् । पटक–पटक लिखित तथा मौखिक जानकारी गराए पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको आन्दोरत कर्मचारीको गुनासो छ ।

एक वर्ष अगाडि संघीय लोकसेवा आयोगबाट उत्तीर्ण भई मधेश प्रदेशमा पदस्थापनाका लागि सिफारिस भएका कर्मचारी कामविहीन भएपछि आन्दोलनमा उत्रेको उनीहरुको भनाइ छ ।

स्थानीय तह कर्मचारी आन्दोलन समितिका संयोजक बीरबहादुर सलौराले सम्बन्धित निकायले सुनवाइ नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए । मधेश प्रदेशमा एक हजार कर्मचारी स्थानीय तहका कर्मचारी कार्यरत छन् ।

संघीय लोकसेवा आयोगबाट अन्य प्रदेशमा  सिफारिस भएका कर्मचारीको पदस्थापना भए पनि मधेश प्रदेशका कर्मचारीको पदस्थापना नभएको उनले बताए । पदस्थापना नभएकाले थप सेवा सुविधा पाउन समस्या भएको आन्दोलनरत कर्मचारीको भनाइ छ । उनीहरूले आन्दोलन गर्नुपूर्व मुख्यमन्त्री सतिशकुमार सिंहलाई  लिखितरूपमा पदस्थापनाको लागि आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।