मेयरसाप

पर्यटक शुल्क

काठमाडौं दरबार क्षेत्र

व्यास नगरपालिका

भेरी नगरपालिका

कानेपोखरी गाउँपालिका

चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने

Mayorsap

बुध, पौष १७, २०८१ | २१:५१ बजे

चितवन । जिल्लाका ३१ हजार पाँच सय ७० किशोरीलाई एचपिभी खोप दिइने भएको छ । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि ९ वर्षदेखि १४ वर्ष उमेर समूहका ती किशोरीलाई खोप दिन लागिएको हो । 

जनस्वास्थ्य कार्यालय चितवनले आज यहाँ अन्तक्र्रिया आयोजना गरी चार सय ३३ खोप केन्द्रबाट माघ २२ देखि १५ दिनसम्म खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलका अनुसार ती खोप केन्द्रमा चार सय ५५ स्वास्थ्यकर्मी र ९ सय १० स्वयंसेवक परिचालन गरिने छ । सबै स्थानीय तहहरूले एक हप्ता खोप अभियान सञ्चालन गर्ने छन् भने भरतपुर महानगरपालिकाले १० दिन सञ्चालन गर्ने छ ।

विद्यालयमा रहेका किशोरीलाई विद्यालयमानै खोप केन्द्र निर्माण गरी खोप लगाउने तयारी गरिएको उनले जानकारी दिए। विद्यालय बाहिर रहेका किशोरीलाई अभियानको अन्तिम दिन खोप लगाइने उनले बताए । नेपालमा बर्सेनी दुई हजारभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुने गर्दछ । यस खोपलाई वार्षिक कार्यक्रममा राखेर निरन्तरता दिइने कार्यालयका प्रमुख दिनेश रूपाखेतीले जानकारी दिए।

उनका अनुसार ९० प्रतिशत किशोरीलाई खोप पु(याउने, ३० देखि ४९ वर्ष उमेर समूहका ९० प्रतिशत महिलालाई पाठेघरको क्यान्सरको परीक्षण गर्ने र परीक्षणबाट पुष्टि भएका ९० प्रतिशतलाई उपचारको दायरामा ल्याउने गरी सरकारले खोप अभियान सुरू गरेको हो । 

अभियानका क्रममा कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने किशोरीलाई खोप लगाउन लागिएको उनले जानकारी दिए । यो खोप नेपालमा आर्थिक वर्ष २०७२र७३ मा चितवन र कास्कीमा परीक्षण गरिएको थियो ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology