संघीय संसदका ६ वटा समितिको बैठक बस्दै
Mayorsap
बिही, पौष १८, २०८१ | ०६:२९ बजे

काठमाडौं । संघीय संसदको ६ वटा समितिका बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आ.व. २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगतिका बारेमा छलफल हुनेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिधेयकको सबन्धमा बन तथा बातावरण मन्त्रालयसँग सबन्धित दफाहरूमा छलफल हुनेछ । बैठक बिहान ११ः३० बजे बस्नेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथी छलफल हुदैँछ । सो बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।
पूर्वाधार विकास समितिको बैठकको अजेन्डामा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुने गरी तय गरिएको छ । बैठक बिहान ११ः०० बजे बस्नेछ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ । जुन बैठकमा पुरानै एजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारिहरुसँग छलफल गरिने संसद सचिवालयले जनाएको छ । जुन बैठक बिहान ११ः३० बजे बस्नेछ ।