मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

विराटनगर महानगरपालिका

ढकारी गाउँपालिका

सडक

मधुवन नगरपालिका

मनहरी गाउँपालिका

नेपाल प्रहरीका दुई डीआइजी एआइजी बढुवामा सिफारिस

Mayorsap

बिही, पौष १८, २०८१ | ०८:३६ बजे

काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक डीआइजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालय बढुवा समिति सचिवालयले बुधबार राति डिआइजीद्वय कुवेर कडायत र रविन्द्र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

हालसालै एआइजीद्वय भरतबहादुर बोहरा र किरण बज्राचार्यले अवकाश पाएपछि उक्त रिक्त दरबन्दीमा एआइजी बढुवा गरिएको बढुवा समिति सचिवालयले जनाएको छ। ​​​​​​​कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत् थिए भने केसी केसी अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए। यो बढुवामा डीआइजी जनक भट्टराई छुटेका छन्। उनी अब डीआईजीबाटै अवकाशमा जाने भएका छन्। 

आफ्ना निकट ब्याचमेट सबैलाई भाग पुर्‍याउने योजनाअनुसार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अहिले एआइजीहरुको बढुवा गरिरहेका थिए। कुँवरसँग निकट रहेका कारण कडायतले बढुवा पाए। गृहमन्त्री रमेश लेखकसँग नजिक भएकाले केसीले बढुवा पाए भने भट्टराई शक्तिकेन्द्रको रोजाइमा परेनन्।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology