मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

इस्मा गाउँपालिका

पञ्चदेवल विनायक नगरपालिका

धनगढीमाई नगरपालिका

नाम्खा गाउँपालिका

बटेश्वर गाउँपालिका

किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक

Mayorsap

शुक्र, पौष १९, २०८१ | १०:०३ बजे

पोङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङकी बहिनी किम यो जोङ पहिलो पटक आफ्ना सन्तानसँग देखिएकी छन् । जोङ र उनका सन्तानको तस्बिर उत्तर कोरियाली मिडियामा प्रकाशित भएको छ । किम यो जोङ दक्षिण कोरियाविरुद्ध आक्रामक टिप्पणीका लागि परिचित छन् ।

 

कोरियन सेन्ट्रल टेलिभिजन (केसीटिभी) ले प्रमुख रूपमा एउटा भिडियो क्लिप देखाएको छ, जसमा बहिनी किम एक बालक र बालिकासँग देखिन्छन्। उनी नयाँ वर्षको पूर्वसन्ध्यामा एउटा कार्यक्रममा जाँदै थिइन्। किम आफ्ना सन्तानको साथमा देखिएको कोरियाली सञ्चारमाध्यमले उल्लेख गरेको छ ।  

किम यो जोङ एक दशकदेखि सार्वजनिक रूपमा विवाहको औंठी लगाएर देखिएकी त थिइन तर सरकारी मिडियाले किम यो जोङलाई आमाको रूपमा देखाएको भने यो पहिलो पटक हो। सरकारी मिडियाले सामान्यतया शीर्ष अधिकारीहरूको पृष्ठभूमि र व्यक्तिगत जीवनको बारेमा जानकारी प्रदान गर्दैन।

 

तर, किम जोङ  पनि पछिल्ला वर्षहरुमा खुलेर बोल्न थालेका छन् । उनले आफ्नो र आफ्नो पार्टीको नीतिगत असफलता स्वीकार गरेका छन् । किम यो जोङले आफ्ना छोराछोरीहरूलाई वंशको आधारमा सरकारमा विशेष पद दिन सक्ने सम्भावना रहेको बताइएको छ ।   

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology