मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

दसैँ

मुसीकोट नगरपालिका

हरिपुर्वा नगरपालिका

यशोधरा गाउँपालिका

पातारासी गाउँपालिका

‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्‍याउन स्रोत खोज्दै’

Mayorsap

शुक्र, पौष १९, २०८१ | १८:३३ बजे

काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बिमा रकम रु एक लाखबाट पाँच लाख पु¥याउन स्रोतको खोजी भइरहेको बताएका छन् । आज बनेपामा नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा आयोजित ३४ औँ केन्द्रीय सभाको उद्घाटन गर्दै बिमा रकम पाँच लाख पु¥याउन विज्ञसहितको सुझाव समिति गठन गरिएको बताए ।

 

“विज्ञ टोलीले आजमात्रै सुझाव प्रतिवेदन बुझाएको छ, त्यसलाई कसरी कार्यान्वन गर्ने भन्ने तरखरमा अघि बढ्नेछौँ”, मन्त्री पौडेलले भने । उनले स्वास्थ्य मन्त्रालयले गर्न सक्ने विषयमा सरकारले निर्णय गरेर कार्यान्वन गर्ने बताए । “क्यान्सरलगायत जटिल रोग लागेका नागरिकलाई ठूलो राहत पुग्ने विश्वास गरेका छौँ, कार्यान्वयन गर्ने अठोट पनि लिएका छौँ”, उनले भने ।

 

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा अन्य सुधारका कार्यक्रम ल्याएको बताए। उनले भने, “बिमाको ट्रेजरी झण्डै रु एक खर्बको बनाउने विषयमा कुन क्षेत्रबाट कसरी बनाउने भन्ने प्रष्ट व्यवस्था गरिएको स्थिति छ ।” स्वस्थ कर कोष रु छ अर्बको रहेकाले त्यसलाई रु १८ अर्ब बनाउनेबारे प्रस्ताव गरिएको उनको भनाइ छ  ।

 

मन्त्री पौडेलले क्यान्सर लागेकाले आफ्नै प्रदेशमा ‘केमो’ सेवा लिनसक्ने गरी सेवा विस्तार गरेको बताए । मन्त्रालयले विभिन्न संस्थासँग मिलेर निरोगिताका लागि नागरिक आफैँले के गर्न हुने/नहुने भन्नेबारे ‘निरोधात्मक चेतना विस्तार अभियान’ सञ्चालन गर्ने उनले जानकारी गराए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology