मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

पिपरा गाउँपालिका

राहत

जनकपुरधाम उपमहानगरपालिका

रेणु दाहाल

घोराही उपमहानगरपालिका

सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच सरकार सञ्चालन तथा नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया

Mayorsap

शुक्र, पौष १९, २०८१ | १८:५६ बजे

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका स्थानीय तहको नेतृत्वकर्ता र प्रदेश सरकारबीच सरकार सञ्चालन तथा नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया सुरु भएको छ । प्रदेशका ८८ वटा स्थानीय तहको नेतृत्वकर्ता र प्रदेश सरकारको सिङ्गो टोलीलाई एउटै मञ्चमा राखेर आजदेखि सुरु भएको अन्तरक्रियाले स्थानीय तहमा देखिने कतिपय समस्यालाई दोहोरो संवादका माध्यमबाट समाधान खोज्न, आगामी दिनमा सुधार गर्न सकिने मार्ग पहिल्याउन, प्रदेश सररकार र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्न, एकापसमा असल अभ्यासहरूको सिकाइ आदानप्रदान गर्न, स्थानीय तहहरूको सम्भावना र अवसरहरूको खोजीलगायत काममा टेवा पुग्ने विश्वास गरिएको छ ।

 

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा धनगढीमा आयोजित दुुईदिने अन्तरक्रियामा प्रदेश मन्त्रिपरिषद्का सदस्य, मन्त्रालयका सचिव, प्रदेश नीति आयोगका पदाधिकारी, विभिन्न विषयका विज्ञहरू, स्थानीय पालिकाका प्रमुख/अध्यक्षहरू, प्रदेशसभाका सदस्यहरूको सहभागिता छ ।

 

कार्यक्रममा सङ्घीयता सवलीकरणमा स्थानीय तहको भूमिका, अन्तर सरकार समन्वयका आयामहरू, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणमा स्थानीय तहका नेतृत्वको भूमिका र कर्तव्य, नेतृत्व विकासका आयामहरू, सार्वजनिक खर्च व्यवस्थापनमा स्थानीय तहका नेतृत्वको भूमिका, सदाचार र नैतिकता सन्दर्भमा नेतृत्वलगायत विषयमा प्रस्तुति गरेर छलफल गरिने छ ।

 

आज पहिलो दिन प्रदेश सरकारका प्रमुख सचिव डा कमलप्रसाद पोखरेलले सुदूरपश्चिम प्रदेशको समग्र अवस्थासम्बन्धी प्रस्तुति राखेका थिए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अन्तरक्रियाको उद्घाटन गरेका थिए। 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology