मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

पुरातात्विक संरचना

धनगढी उपमहानगरपालिका

पाटन नगरपालिका

स्तनपान कक्ष

खेलकुद मेला

सर्वोच्च बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन

कांग्रेस–एमाले निकट कानून व्यवसायी मुख्य प्रतिस्पर्धामा

Mayorsap

शनि, पौष २०, २०८१ | ०८:०९ बजे

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।  निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानून व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ ।

अध्यक्षका लागि नेपाली कांग्रेस निकट कानून व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएशनले अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल तथा नेकपा एमाले निकट प्रगतिशील कानून व्यवसायी संघले वरिष्ठ अधिवक्ता महेश थापालाई प्रतिस्पर्धामा उतारेको छ । 

साथै, अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय मेघराज पोखरेल, महेशकुमार थापासहित धिवक्ता प्रेमसिंह धामीले पनि उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा अम्बरबहादुर राउत, भीष्मराज कडरिया र उत्तमबहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन भने सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र प्रभाकर श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

सहसचिवका लागि पुन्देवी महर्जन र श्रुतीकुमारी रेग्मी तथा कोषाध्यक्षका लागि रामचन्द्र पौडेल, अनन्तराज लुइँटेल र रामहरि त्रिपाठीको उम्मेदवारी दर्ता भएको छ । बाँकी ९ जना सदस्यका लागि १९ जना प्रतिस्पर्धामा रहेका छन । ६२६ मतदाता रहेको सर्वोच्च बारमा सत्तारूढ दल कांग्रेस र एमाले निकट कानून ब्यावसायीबीच मुख्य प्रतिस्पर्धा हुनेछ । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology