मेयरसाप

केपी ओली

धरान उपमहानगरपालिका

जनकपुरधाम उपमहानगरपालिका

बागलुङ नगरपालिका

छिन्नमस्ता गाउँपालिका

आठबिसकोट नगरपालिका

व्यास नगरपालिका

वडा अध्यक्ष

लालबन्दी नगरपालिका

नाम्खा गाउँपालिका

बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका

निःशुल्क शिविरमार्फत समस्याको पहिचान र निवारणको प्रयास

Mayorsap

शनि, पौष २०, २०८१ | २०:२७ बजे

त्रिशूली । नुवाकोटको विदुर नगरपालिकाले बाँझोपन भएका पशुको पहिचान गरी उपचार गर्ने उद्देश्यले निःशुल्क शिविर सञ्चालन गरेको छ । चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको सहयोगमा नगरपालिकाको पशु सेवा शाखाले ‘गाईभैँसीमा हुने बाँझोपन पहिचान र उपचार’ शिविर सञ्चालनमा ल्याएको हो ।

नगरप्रमुख राजन श्रेष्ठले प्रविधिमार्फत भिडियो एक्सरेको सहयोगमा चिकित्सकले समस्याको पहिचान गर्ने र निवारणका लागि औषधिसहितको परामर्श सेवा उपलब्ध दिने जानकारी दिए । उनका अनुसार गाईभैँसीमा हुने बाँझोपनको पहिचान गरी समस्या समाधान गर्न परीक्षण थालिएको हो ।

हालसम्म आठ वटा वडामा १८ किसानले पालेका २१ गाई र तीन वटा भैँसीमा समस्याको पहिचान भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । “किसानले पालेका गाईभैँसीमा बाँझोपनको समस्या भएपछि किसानलाई पशुधनको सुरक्षणमा चुनौती थपिएकाले पालिकाबाट निःशुल्क शिविरमार्फत समस्याको पहिचान र निवारणको प्रयास थालिएको हो”, उनले भने ।

नगरप्रमुख श्रेष्ठले शिविरमार्फत किसानलाई आफूले पालन गरेको पशुचौपायको नियमित जाँच तथा परीक्षण गर्न र आवश्यकताअनुसार खाद्यतत्व उपलब्ध गराउन सजग गराइएको बताए ।

बाँझोपन समस्या पहिचान गरी निवारणका लागि सञ्चालन गरिएको शिविरमार्फत समस्या पहिचान भएका पशुमा खाद्यतत्वको सन्तुलन नहुँदा बाँझोपनको समस्या देखिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक डा शत्रुधन शाहले जानकारी दिए । किसानले उन्नत जातका पशु पालन गरे पनि सोहीअनुसार बासस्थान र खानपान मिलाउन नसकेकाले समस्या आएको उनले बताए ।

पशु चिकित्सक र प्राविधिकको टोलीद्वारा विदुरका किसानले पालन गरेका गाईभैँसीको भिडियो एक्सरे (अल्ट्रासाउण्ड) मार्फत पाठेघर र डिम्बको अवस्था परीक्षण गरी समस्या पहिचान गरिएको विदुर नगरपालिकाका पशु सेवा शाखाका प्रमुख डा सुजता अधिकारीले जानकारी दिइन्। उनका अनुसार पशुलाई बाँझोपन हुनबाट जोगाउन पशु प्राविधिकको सल्लाहमा जुका र नाम्लेको औषधि खुवाउन, खनिज, प्रोटिनलगायत पौष्टिक तत्व पाइने घाँसपातसहितको खुराक खुवाउन किसानलाई सुझाव दिइएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology