मेयरसाप

केपी ओली

धरान उपमहानगरपालिका

जनकपुरधाम उपमहानगरपालिका

बागलुङ नगरपालिका

छिन्नमस्ता गाउँपालिका

सूर्योदय नगरपालिका

हरिवन नगरपालिका

लुम्बिनी सांस्कृतिक नगरपालिका

सिदिङ्वा गाउँपालिका

राहत

सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा

सामुदायिक विद्यालयको नतिजा सुधार गर्न शिक्षकको क्षमता विकास

Mayorsap

शनि, पौष २०, २०८१ | २१:५८ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले जाडो बिदाका समयमा सामुदायिक विद्यालयका शिक्षकहरूलाई क्षमता विकाससम्बन्धी तालिममा सहभागी हुन आह्वान गरेको छ । ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरूलाई क्षमता विकाससम्बन्धी तालिम दिन लागिएको हो ।

तालिमका माध्यमबाट क्षमता विकास गराएर शिक्षकले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराउने योजना अन्तर्गत तालिम सञ्चालन गर्न लागिएको कामपाको सहरी योजना आयोगका सदस्य एवं इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । सामुदायिक विद्यालयको नतिजा सुधार गर्न शिक्षकको क्षमता विकासमा लगानी गर्नुपर्ने भएकाले तालिम सञ्चालन गर्न लागिएको उनले बताए ।

झाका अनुसार शैक्षिक क्रियाकलापमा असर नहुने गरी बिदाको समय उपयोग गर्न लागिएको हो । शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत सीप र व्यवहारमा आधारित बनाउने लक्ष्य राखिएको बताउँदै यसको नतिजा विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र र व्यावहारिक सीपमा प्राप्त हुने उनले विश्वास व्यक्त गरे । 

यसअन्तर्गत पुस २१ र २२ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरूलाई तालिम दिइने योजना आयोगका सदस्य झाले जानकारी दिए । उनका अनुसार पुस २३ देखि माघ ७ गतेसम्म कक्षा १० का इच्छुक विद्यार्थीका लागि गणित, सामाजिक, विज्ञान, अर्थशास्त्रलगायत विषयमा सिकाइ कक्षा सञ्चालन हुनेछन् ।

एसइई लक्षित सिकाइमा अवस्थाअनुसार विद्यार्थीको वर्गीकरण गरिनेछ । सिकाइ सहयोग, प्रविधिमार्फत सिकाइ, शिक्षण प्रबन्ध प्रणालीको उपयोग, समूहगत सिकाइ, परियोजना कार्यमा आधारित सिकाइ कक्षाका ढाँचा हुने कामपाको सहरी योजना आयोगले जनाएको छ । पुस २३ देखि २८ गतेसम्म प्रारम्भिक बाल विकास शिक्षाका सहजकर्ताहरूको तालिम हुनेछ ।

यही पुस २४ देखि माघ ४ गतेसम्म पुस्तकरहित शुक्रबारका सिर्जनात्मक सिकाइ र शिक्षामा सीप कार्यक्रमसँग सम्बन्धित सम्पर्क (फोकल) शिक्षकहरूका तालिम हुनेछन् । पाठ्यक्रममा सहभागितामूलक प्रतिबिम्बन, सञ्चालन मार्गदर्शन प्रतिबिम्बन, प्राविधिक क्षमता अभिवृद्धि तालिमका विधि हुने योजना आयोगका इञ्जिनियर झाले बताए ।

आगामी माघ ५ देखि ७ गतेसम्म शिक्षकका लागि मनोसामाजिक परामर्श र ‘क्यारियर गाइड म्यापिङ’ तालिम हुनेछ । माघ २ देखि ७ गतेसम्म कक्षा १ देखि ३ सम्मका शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्याङ्कनसम्बन्धी तालिम हुनेछन् ।
  
रचनात्मक विद्यालय विकास कार्यक्रमको खेलकुद प्रशिक्षण कार्यक्रम भने पुस २४ देखि माघ ८ गतेसम्म हुनेछ । सामुदायिक विद्यालयमा यही पुस १८ गते सुरु भएको बिदा माघ ८ गतेसम्म रहनेछ । यस अवधिलाई शैक्षिक सत्र २०८१ को कार्ययोजनाअनुसार पढाइमा असर नहुने गरी खेलकुदका कार्यक्रम पनि हुने कामपाको सहरी योजना आयोगले जनाएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology