Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रास्वपा केन्द्रीय समिति बैठक आज पनि जारी

User Image मेयरसाप सम्पादकीय | २०८१ पुष २२ गते ०४:२८
Image of storage/news/1735962387.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ । हिजो देखी काठमाडौंमा सुरू भएको बैठक आज पनि जारी रहने भएको हो । जारी बैठकले मुख्यतयाः सभापति रवि लामिछाने माथि भएको सहकारी ठगीको आरोपमा गरिएको गिरफ्तारी र संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रमुख एजेन्डा बनाइएको छ ।

कार्यबहाक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार जारी बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषय, जनपक्षीय मुद्दालाई सशक्त रूपमा अघि बढाउने, संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा केन्द्रित भएर छलफल भइरहेको छ । 


Facebook Comments