रास्वपा केन्द्रीय समिति बैठक आज पनि जारी
Mayorsap
आइत, पौष २१, २०८१ | १०:१३ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ । हिजो देखी काठमाडौंमा सुरू भएको बैठक आज पनि जारी रहने भएको हो । जारी बैठकले मुख्यतयाः सभापति रवि लामिछाने माथि भएको सहकारी ठगीको आरोपमा गरिएको गिरफ्तारी र संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रमुख एजेन्डा बनाइएको छ ।
कार्यबहाक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार जारी बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषय, जनपक्षीय मुद्दालाई सशक्त रूपमा अघि बढाउने, संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा केन्द्रित भएर छलफल भइरहेको छ ।