मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

जनकपुरधाम उपमहानगरपालिका

बागलुङ नगरपालिका

विनयी त्रिवेणी गाउँपालिका

हाटबजार

रामनगर गाउँपालिका

व्यास नगरपालिका

बराहक्षेत्र नगरपालिका

सूर्यबिनायक नगरपालिकाको १७औँ नगर अधिवेशनबाट विभिन्न संशोधित विधेयक पारित, ६ महिनाको बजेट खर्च जम्मा १६ प्रतिशत

Mayorsap

आइत, पौष २१, २०८१ | १२:१८ बजे

भक्तपुर । सूर्यविनायक नगरपालिकाको १७औँ नगर अधिवेशनले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ । नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा प्रथम र दोस्रो गरी दुई चरणमा सम्पन्न नगर अधिवेशनले विभिन्न समितिको प्रतिवेदन एवं बजेट कार्यान्वयनको अवस्थाबारे प्रस्तुत प्रतिवेदनमाथि बृहत् छलफल गरी विधेयक पारित गरेको हो ।

 

नगरसभाका सभाध्यक्ष थापाले निर्णायार्थ प्रस्तुत गरेको नगरपालिकाको संस्था दर्ता ९प्रथम संशोधन० विधेयक २०८१, आर्थिक कार्यविधि नियमित गर्ने विधेयक २०८१, आर्थिक ऐन २०८१ को प्रथम संशोधन विधेयक २०८१ र नगरपालिका तथा अन्तर्गतको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८१ पारित गरेको हो ।

 

नगरसभामा नगरप्रमुख एवं सभाअध्यक्ष थापाले चालु आर्थिक वर्ष २०८१÷८२ को ६ महिनाको अवधिमा कूल बजेटको १६ दशमलव ०१ प्रतिशत बजेट खर्च भएको बताए । उनले नगरपालिकाको चालु आर्थिक वर्षको कुल बजेट १ अर्ब ४० करोड ३७ लाख २२ हजार पारित गरेकामा ६ महिनामा नगरको कुल बजेटको ३५ करोड ८६ लाख ५० हजारमात्र खर्च भएको बताए ।

 

नगरप्रमुख थापाले चालु आवको दुई महिना वर्षालगत्तै चाडपर्व सुरु भएकाले अपेक्षाकृत रूपमा बजेट खर्च हुन नसकेको बताउँदै चालु आवको बाँकी ६ महिना योजना कार्यान्वयनमा जाने चरणमा रहेको बताए । नगरपालिकले सबैभन्दा बढी बजेट भौतिक पूर्वाधारमा छुट्याएको छ ।

 

नगरपालिकाले चालु आवको ६ महिनामा ११ करोड ८८ लाख पाँच हजार सात सय तीन राजस्व सङ्कलन गरेको नगर अधिवेशनमा उपप्रमख सरिता तिम्सिना भट्टराईले बताइन् । नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा ५।६० प्रतिशत रकम बढी राजस्व सङ्कलन गरेको बताइन् ।

 

उपप्रमुख भट्टराईले चालु आवमा नगरसभाबाट स्वीकृत तीन सय तीन, नगर कार्यपालिकाबाट स्वीकृत ३५, सङ्घ–प्रदेशबाट अख्तियार प्राप्त ३१ र विपद् व्यवस्थापनका लागि नगर कार्यपालिकाबाट स्वीकृत २१ गरी जम्मा ३९० योजना रहेकामा हालसम्म १२० योजना सम्झौता भई योजना अनुगमन गरी ३४  योजना फरफारक गरिएको बताइन् ।

 

नगरसभामा विधायन समितिका संयोजक प्रदीप कार्कीले आचारसंहिता वाचन, नगरपालिकाको विधायन समितिको प्रतिवेदन, आर्थिक कार्यविधि नियमित गर्ने विधेयक २०८१ पेश गरे ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology