पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु


पर्वत । पर्वतमा आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कुश्मा नगरपालिका–१० पिपलटारी रोहोटेकी ७२ वर्षीया दुर्गादेवी पौडेल रहेकी छिन् । प्रहरीका अनुसार आइतबार बिहान कुश्मा नगरपालिका–१० पिपलटारी रोहोटे बस्ने ५२ वर्षीय ध्रुव रेग्मीको घरको भान्छा कोठामा आगलागी हुँदा उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आगलागीमा पौडेलको घटनास्थलमै मृत्यु भएको हो। आगोले जलेर घाइते भएका ध्रुवलाई जिल्ला अस्पताल पर्वत हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ।