मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

जनकपुरधाम उपमहानगरपालिका

बागलुङ नगरपालिका

डाक्नेश्वरी नगरपालिका

ललितपुर महानगरपालिका

कर्मचारी

सडक

न्यायिक समिति

स्वर्णलक्ष्मी सहकारी ठगीः फिक्कल गाउँपालिका उपाध्यक्ष बरालविरुद्ध पनि मुद्दा दायर

Mayorsap

आइत, पौष २१, २०८१ | २०:५१ बजे

काठमाडौं। सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालविरुद्ध सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ ।  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले कालिमाटिस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनलाई प्रहरीले पक्राउ नगरी फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । 

 

बराल स्वर्णलक्ष्मी सहकारीका सञ्चालक समिति सदस्य समेत हुन् । उनीसहित यो सहकारीमा ३९ जनालाई प्रतिवादीलाई बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

 

यसअघि उनीविरुद्ध दुई वटा सहकारीमा मुद्दा दायर गरिएको थियो । उनीविरुद्ध बुटवलको सुप्रिम सहकारी र काठमाडौं पुतलीसडकमा रहेको नाता बचत तथा ऋण सहकारीमा पनि मुद्दा दायर भएको थियो । अहिले यी दुबै मुद्दा बिचाराधीन अवस्था छन् । तीन वटा सहकारी ठगीका आरोपी बराल एमालेबाट निर्वाचित फिक्कलल गाउँपालिका उपाध्यक्ष हुन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology